Thursday 10 May 2018

सिद्धगुफामा सामुहिक रुद्री पुजा


सिद्धगुफामा सामुहिक रुद्री पुजा
न्युज

बगनासकाली न्युुुुज
राम्दी
प्रचिन सुनगुफा शिद्दबाबा मन्दिर राम्दीमा सामुहिक रूद्री पुजा तथा पाठ गरिएको छ । मन्दिरले आयोजना गरेको पूजामा पण्डित लक्ष्मण प्रसाद पन्थीले बिधिवत् रूपमा पूजा गराए ।
परम्परा देखि नै बार्षिक रूपमा मन्दिरमा रूद्री गर्ने प्रचलन रहेको मन्दिरका ब्यवस्थापक बिण्णु प्रसाद न्यौपानेले बताए । सन १८६५ मा मन्दिरको फेला परिसके पछि बिषेश गरि सुनादिका भट्टराईहरूले दैनिकरूपमा पूजापाठ गर्दै आएको र पछिल्लो समय मूल पूजारी नै राखी दैनिक हुने पूजालाई ब्यवस्थित गरिएको मन्दिर ब्यबस्थापन समितिका उपाध्यक्ष दुर्गा प्रसाद भट्टराईले बताए ।
केहि समय पूर्व मन्दिरमा उत्पत्ति भएको जल हराएर गएको र लामो समय सम्म खडेरी परेर पानी नपरेपछि मन्दिरमा रूद्री पूजा गरि पानी परेको धार्मिक बिश्वासले लामो समय अगाडी देखि नै बार्षिक रूपमा रूद्री पूजा गर्ने प्रचलन रहेको उनले बताए । पूजा गर्न ओढार भित्र जानु पर्ने आउने जाने गोरेटो बाटो समेत नभएको समयको स्मरण गर्दै उनले भने अहिले निकै बिकसित भएको छ ।
मन्दिर सम्म आउन जान सुबिधा छ आवश्यक भौतिक कुराहरूको ब्यबस्था हुदै गएको छ ्र मन्दिरमा दैनिक पूजापाठ हुन्छ भक्तजनहरूको आस्था छ दर्शन गर्न दिनहु भिड लाग्ने गर्दछ । अखण्ड दिप बालिएको छ, अक्षयकोष राखिदिने र आजिवन सदस्य बन्नेहरूको सङ्ख्या बृद्दि भैरहेको छ ्र भक्तजनहरूको आस्थाको केन्द्र मानिएको ऐतिहासिक शिद्दगुफाको थप बिकास गर्न र यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा परिचित गराउन निर्वाचित जनप्रतिनिधिहरूको समेत ध्यान पुग्नु पर्ने देखिन्छ । यहाँ बिशेष गरी हरिबोधनी एकादशी मकर सक्रान्ती बैशाख सक्रान्ती शिबरात्री लगायतका दिनहरूमा भक्तजनहरूको बढी भिड लाग्ने गर्दछ । यस मन्दिरको आफ्नो छुट्टै किसीमको ऐतिहासिक तथा धार्मिक महत्व रहेको छ ।
स्रोत-पाल्पा समाचारपत्र

No comments:

Post a Comment

काम गरिरहेका नेपालीसहित आप्रवासी कामदारलाई स्वदेश फर्किने मौका

काम गरिरहेका नेपालीसहित आप्रवासी कामदारलाई स्वदेश फर्किने मौका पेनाङ मलेसिया सरकारले आफ्नो देशमा गैरकानुनी रुपमा बसेका आप्रवासी क...