Friday 4 May 2018

विद्यालय नगएका चार जना विद्यार्थीलाई हेरालु राखेर भर्ना

बैशाख २१

बगनासकाली गाउँपालिका-१ गोरसतका चार जना विद्यार्थीलाई एक महिनाका लागि एक जना हेरालु राखेर विद्यालय भर्ना गरिएको छ । 

तीन वर्षदेखि विद्यालय जान छोडेकी मनिता कुुमाललाई कक्षा छमा, यमकला कुमाललाई कक्षा दुईमा, प्रिति कुमाललाई कक्षा तीनमा र विशाल कुमाललाई कक्षा एकमा भर्ना गरिएको गाउँपालिकाका शिक्षा अधिकारी मणि खनालले जानकारी दिनुभयो ।  
गाउँपालिका अध्यक्ष कृष्ण बस्याल, उपाध्यक्ष सरस्वती चिदी, जिल्ला शिक्षा अधिकारी मणि खनाल, वडा अध्यक्ष सोमबहादुर झेडी, गाउँपालिकाका सामाजिक विकास समितिका प्रमुख ठानेश्वर तिमिल्सिना, जन प्रिय प्राविका प्रधानाध्यापक छबिलाल पाठकलगायतको टोलीले घरमै पुगेर अभिभावकसँग छलफल गरि कुनसरे निमाविमा भर्ना गरेको हो ।
भर्ना गरिएका विद्यार्थीलाई बिहान १० बजे  बिद्यालय लान र ४ बजे घरमा ल्याउन एक महिनासम्मका लागि स्थानीय सुन्दरी कुमाललाई जिम्मेवारी दिइएको छ । मासिक तलब दिएर सुन्दरीलाई यो कामका लागि राखिएको गाउँपालिका अध्यक्ष बस्यालले जानकारी दिनुभयो ।
गाउँपालिकाभित्र बिद्यालय नगएका उनीहरु मात्र रहेकाले बिद्यालय पठाएपछि गाउँपालिकाभित्रका सबै विद्यार्थी बिद्यालय भर्ना भएको गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले दावी गर्नुभयो।
स्रोत-उज्यालो

No comments:

Post a Comment

काम गरिरहेका नेपालीसहित आप्रवासी कामदारलाई स्वदेश फर्किने मौका

काम गरिरहेका नेपालीसहित आप्रवासी कामदारलाई स्वदेश फर्किने मौका पेनाङ मलेसिया सरकारले आफ्नो देशमा गैरकानुनी रुपमा बसेका आप्रवासी क...