Wednesday 6 June 2018

काम गरिरहेका नेपालीसहित आप्रवासी कामदारलाई स्वदेश फर्किने मौका


काम गरिरहेका नेपालीसहित आप्रवासी कामदारलाई स्वदेश फर्किने मौका





पेनाङ

मलेसिया सरकारले आफ्नो देशमा गैरकानुनी रुपमा बसेका आप्रवासी कामदारलाई दुई महिनाभित्र स्वदेश फर्किने अवसर दिएको छ।
मलेसियाको कानुन मन्त्रालय र अध्यागमन विभागले आगामी अगस्ट ३० भित्र आफ्नो देश फर्किन त्यस्ता कामदारलाई आग्रह गरेको छ। उक्त समयमा स्वदेश नफर्किने कामदारका साथै उनीहरु कार्यरत रोजगारदाता कम्पनीलाई समेत कडा कारबाही गरिने चेतावनी दिइएको छ।
अवैधानिक रुपमा बसेर काम गरिरहेका कामदारलाई जरिवाना तिरेर स्वदेश फर्किने अवसर मलेसिया सरकारले यसअघि दुई पटक दिइसकेको छ। अब भने त्यस्ता कामदारलाई जरिवाना नतिरी सीधै स्वदेश फर्कन आग्रह गरिएको छ। 
गैरकानुनी रुपमा काम गरिरहेका आप्रवासी कामदारलाई स्वदेश फर्किन मलेसिया सरकारले गत वर्ष जनवरीदेखि जून ३० सम्मको समय दिएको थियो। सो अवधिमा ५  हजारभन्दा बढी अवैध नेपाली कामदार नेपाल फर्किएका मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।
त्यसपछि दोस्रो पटक अक्टोबर १० देखि डिसेम्बर ३१ सम्म दिइएको अवधिमा २५ हजारभन्दा बढी कामदार नेपाल फर्किएका थिए। 
मलेसियामा कति नेपाली कामदार यसरी अवैध रुपमा काम गरिरहेका छन् भन्ने यकिन तथ्यांक नेपाल सरकारसँग छैन। हाल ४ लाख नेपाली कामदार वैधानिक तवरमा मलेसियामा कार्यरत रहेको सरकारी तथ्यांक छ। त्यसबाहेक करिब १  लाख नेपालीहरु गैरकानुनी रुपमा काम गरिरहेको हुनसक्ने अनुमान गरिएको छ।

Wednesday 16 May 2018

गणेश न्यौपानेको अर्को गीत ‘चना चटपटे’ सार्वजनिक (भिडियो सहित)

गणेश न्यौपानेको अर्को गीत ‘चना चटपटे’ सार्वजनिक (भिडियो सहित)


एडमिन
बगनासकाली न्युज
गायक गणेश न्यौपाने र जमुना रानाको सुमधुर आवाजमा रहेको  कमेडी पञ्चेबाजा गीत भर्खरै सार्वजनिक भएको छ ।

अहिले आएको “चना चटपटे” गीतमा चर्चित गायिका जमुना राना र गणेश न्यौपानेले आबाज दिएका छन् ।

उक्त गीतमा लय,शब्द गणेश न्यौपानेको  रहेको छ । यस भिडियोमा मोडल स्मृति तिमिल्सिना(गुरुआमा) र सरोज लामाको दमदार अभिनय देख्न सकिन्छ   ।

छायाकार सुरेश श्रेष्ठ छायांकन गरेका छन् भने निर्देशन स्मृति तिमिल्सिनाको रहेको  छ ।  प्रकाश धमलाको सम्पादन रहेको उक्त गीतलाई  सफलताको लागी बगनासकाली न्युज परिवारको तर्फ बाट शुभकामना!

Thursday 10 May 2018

सिद्धगुफामा सामुहिक रुद्री पुजा


सिद्धगुफामा सामुहिक रुद्री पुजा
न्युज

बगनासकाली न्युुुुज
राम्दी
प्रचिन सुनगुफा शिद्दबाबा मन्दिर राम्दीमा सामुहिक रूद्री पुजा तथा पाठ गरिएको छ । मन्दिरले आयोजना गरेको पूजामा पण्डित लक्ष्मण प्रसाद पन्थीले बिधिवत् रूपमा पूजा गराए ।
परम्परा देखि नै बार्षिक रूपमा मन्दिरमा रूद्री गर्ने प्रचलन रहेको मन्दिरका ब्यवस्थापक बिण्णु प्रसाद न्यौपानेले बताए । सन १८६५ मा मन्दिरको फेला परिसके पछि बिषेश गरि सुनादिका भट्टराईहरूले दैनिकरूपमा पूजापाठ गर्दै आएको र पछिल्लो समय मूल पूजारी नै राखी दैनिक हुने पूजालाई ब्यवस्थित गरिएको मन्दिर ब्यबस्थापन समितिका उपाध्यक्ष दुर्गा प्रसाद भट्टराईले बताए ।
केहि समय पूर्व मन्दिरमा उत्पत्ति भएको जल हराएर गएको र लामो समय सम्म खडेरी परेर पानी नपरेपछि मन्दिरमा रूद्री पूजा गरि पानी परेको धार्मिक बिश्वासले लामो समय अगाडी देखि नै बार्षिक रूपमा रूद्री पूजा गर्ने प्रचलन रहेको उनले बताए । पूजा गर्न ओढार भित्र जानु पर्ने आउने जाने गोरेटो बाटो समेत नभएको समयको स्मरण गर्दै उनले भने अहिले निकै बिकसित भएको छ ।
मन्दिर सम्म आउन जान सुबिधा छ आवश्यक भौतिक कुराहरूको ब्यबस्था हुदै गएको छ ्र मन्दिरमा दैनिक पूजापाठ हुन्छ भक्तजनहरूको आस्था छ दर्शन गर्न दिनहु भिड लाग्ने गर्दछ । अखण्ड दिप बालिएको छ, अक्षयकोष राखिदिने र आजिवन सदस्य बन्नेहरूको सङ्ख्या बृद्दि भैरहेको छ ्र भक्तजनहरूको आस्थाको केन्द्र मानिएको ऐतिहासिक शिद्दगुफाको थप बिकास गर्न र यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा परिचित गराउन निर्वाचित जनप्रतिनिधिहरूको समेत ध्यान पुग्नु पर्ने देखिन्छ । यहाँ बिशेष गरी हरिबोधनी एकादशी मकर सक्रान्ती बैशाख सक्रान्ती शिबरात्री लगायतका दिनहरूमा भक्तजनहरूको बढी भिड लाग्ने गर्दछ । यस मन्दिरको आफ्नो छुट्टै किसीमको ऐतिहासिक तथा धार्मिक महत्व रहेको छ ।
स्रोत-पाल्पा समाचारपत्र

Monday 7 May 2018

होशियार ! मलेसियामा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा विशेष अनुरोध! जानकारी लागि कृपया सेयर गर्नुहोला।

मलेसियामा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा विशेष अनुरोध!!


कृष्ण बस्याल
पेनाङ,मलेसिया

मलेसियामा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरू ,यहि आउदो 9 तारिक कृपया कोहि पनि बाहिर ननिस्कनु होला रूम मै बस्नु होला । तपाईंसँग पर्मिट (जलान कार्ड) छ भनेपनी बाहिर ननिस्कनु होला, किनभने जे पनि हुनसक्छ । कोहि पनि बाहिर निस्केको खन्ड पुलिसले भेटेमा या यहाँका स्थानीय गुन्डाले भेटे कडा भन्दा कडा सजाय दिइनेछ ! किन कि यहि मे 9 तारिक मलेसियामा चुनाव हुन गइरहेको छ, जस कारण मलेसिया सरकारले यो सुचना दिईएकोले सचेत रहन अनुरोध गर्दछौं। जानकारीका लागि कृपया सेयर गर्नुहोला।

सरकारले कृषिमा लाग्ने युवालाई ७० प्रतिशत अनुदान दिने

सरकारले कृषिमा लाग्ने युवालाई ७० प्रतिशत अनुदान दिने भएको छ।

बैशाख २४,
कृषि क्षेत्रमा युवालाई आकर्षित गर्न सरकारले व्यवसायिक योजना र प्रतिफलका आधारमा ७० प्रतिशतसम्मको अनुदान दिने भएको हो।
कृषि, भूमी व्यवस्था तथा सहाकारी मन्त्री चक्रपाणि खनालले ५८ बुँदे कार्ययोजना प्रस्तुत गर्दै सो घोषणा गरेका हुन्।

मन्त्री खनालले प्रस्तुत गरेको कृषि, पशुपंक्षी, भूमी व्यवस्था र सहकारी क्षेत्र रुपान्तरणको मार्गचित्रमा सामाजिक सुरक्षा र रोजगार वृद्धि गर्न एकल तथा सामुहिक रुपमा कृषि व्यवसाय गर्न इच्छुक युवालाई सो परिमाणको अनुदान उपलब्ध गराउने उल्लेख गरिएको छ।

‘स्वदेशमा रोजगारी सृजना गरी जनशक्तीको विदेश पलायन रोक्न, विदेशबाट ल्याएको सीप र पुँजीसहित फर्केका युवालाई कृषि पेशामा आबद्ध गर्न युवा विशेष कार्यक्रम ल्याइनेछ’, कार्ययोजनाको २५औँ बुँदामा भनिएको छ।

यसका लागि कृषिमा लाग्न चाहने युवाहरुको अभिलेख सूची तयार गरिने मन्त्रालयले जनाएको छ। खनालले घोषणा गरेका कार्ययोजनामा अधिकांश पुराना तथा महत्वकांक्षी कार्यक्रमलाई अघि सारिएको छ।

खनालले कार्यक्रम ल्याइने तर कार्यान्वयन नहुने प्रवृतिको अन्त्यका लागि यसअघिका सरकारले ल्याएका कार्यक्रमलाई जोडतोडका साथ उठाइएको बताए।

‘यसअघिका हरेक सरकारले राम्रा कार्यक्रम ल्याउने तर कार्यान्वयन भने नहुने स्थिति छ’ उनले भने ‘कार्यान्वयन गर्ने हो भने स्वदेशी उत्पादन बढाएर परनिर्भरताको स्थिति कम हुन्छ।’

आगामी १ वर्षभित्र ‘मोही प्रथा’ पूर्णत अन्त्य गरिने, ५० करोड भन्दा बढी बचत परिचालन गर्ने सहकारी संस्थाहरु माथि अनुगमन गरिने तथा भूमीमा महिलाको पहुँच बढाउन राजस्व छुटलाई ४० प्रतिशत पुर्याउने योजना सार्वजनिक गरिएको छ।

यसबाहेक उत्पादन र बजारीकरणका लागि कृषकलाई उत्प्रेरित गर्न मुख्य कृषि उपजहरुको न्युनतम समर्थन मूल्य तोक्ने तथा आगामी तीन वर्षभित्र आलु, प्याज, खुर्सानी लगायत हरियो तरकारीको उत्पादन बढाएर आत्मनिर्भर बनाइने घोषणा गरिएको छ।

सातै प्रदेशमा बफर स्टकका लागि कम्तीमा २५ हजार मेट्रिक टन क्षमताका भण्डारण गृह निर्माण गर्ने तथा प्रदेश १ मा चिया र अलैंची, प्रदेश ५ मा कफी, कर्णाली प्रदेशमा जडिबुटीबाट निर्मित सुगन्धित तेल र प्रदेश ७ मा जैतुनको तेल उत्पादनका लागि पकेट क्षेत्रको सम्भाव्यता अध्ययन गरिने उल्लेख गरिएको छ।

यसबाहेक आगामी ३ वर्षभित्र हरेक प्रदेश तथा स्थानीय तहमा कोल्ड स्टोर, प्राङ्गारिक प्रमाणिकरण प्रयोगशाला, कृषि उपजहरुको प्रशोधन, प्याकेजिङ्ग, क्यानिङ, ग्रेडिङ केन्द्रसहितको एकीकृत कृषि बजार स्थापना गर्ने महत्वकांक्षी योजना बनाइएको छ।

उत्तर र दक्षिण १३ सडक करिडोरमा तरकारी, फलफूल र तुलनात्मक लाभ भएका बाली बस्तुहरुमा सघन मूल्य श्रृङ्खला विकास कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

स्थानीय तहसँग समन्वय गरी शीत, रस्टिक, सेलार, शून्य शक्ति भण्डार गृहहरु निर्माण गरिने तथा कोदो, जौ, उवा, फापर, चिनो, कागुनो, लट्टे जस्ता निकै कम खेती गरिने स्थानीय बालीहरुको प्रवद्धर्न गरिने कार्ययोजनामा समावेश छ।

त्यस्तै कालिमाटी बजार लगायत मुलुकका विभिन्न ठूला बजारहरुमा कम्तीमा २५ प्रतिशत विक्री स्टल उत्पादक सहकारीलाई उपलब्ध गराउने बताइएको छ।

यी बाहेक रेविज रोगका कारण हुने मृत्युलाई २ वर्षभित्र दुई तिहाईले कमी ल्याउने, हाल ७० प्रतिशत आयात भइरहेको कुखुराको दानालाई ५ वर्षभित्र एकतिहाईले कम गर्ने, आगामी दुई वर्षभित्र उत्पादन र स्रोतको आधारमा वर्गीकरण गरी किसान परिचयपत्र तथा न्युन आय भएका किसानलक्षित पेन्सन योजना लागू गरिने जस्ता पुरानै कार्यक्रम दोहोर्याइएको छ।
रासस

Friday 4 May 2018

विद्यालय नगएका चार जना विद्यार्थीलाई हेरालु राखेर भर्ना

बैशाख २१

बगनासकाली गाउँपालिका-१ गोरसतका चार जना विद्यार्थीलाई एक महिनाका लागि एक जना हेरालु राखेर विद्यालय भर्ना गरिएको छ । 

तीन वर्षदेखि विद्यालय जान छोडेकी मनिता कुुमाललाई कक्षा छमा, यमकला कुमाललाई कक्षा दुईमा, प्रिति कुमाललाई कक्षा तीनमा र विशाल कुमाललाई कक्षा एकमा भर्ना गरिएको गाउँपालिकाका शिक्षा अधिकारी मणि खनालले जानकारी दिनुभयो ।  
गाउँपालिका अध्यक्ष कृष्ण बस्याल, उपाध्यक्ष सरस्वती चिदी, जिल्ला शिक्षा अधिकारी मणि खनाल, वडा अध्यक्ष सोमबहादुर झेडी, गाउँपालिकाका सामाजिक विकास समितिका प्रमुख ठानेश्वर तिमिल्सिना, जन प्रिय प्राविका प्रधानाध्यापक छबिलाल पाठकलगायतको टोलीले घरमै पुगेर अभिभावकसँग छलफल गरि कुनसरे निमाविमा भर्ना गरेको हो ।
भर्ना गरिएका विद्यार्थीलाई बिहान १० बजे  बिद्यालय लान र ४ बजे घरमा ल्याउन एक महिनासम्मका लागि स्थानीय सुन्दरी कुमाललाई जिम्मेवारी दिइएको छ । मासिक तलब दिएर सुन्दरीलाई यो कामका लागि राखिएको गाउँपालिका अध्यक्ष बस्यालले जानकारी दिनुभयो ।
गाउँपालिकाभित्र बिद्यालय नगएका उनीहरु मात्र रहेकाले बिद्यालय पठाएपछि गाउँपालिकाभित्रका सबै विद्यार्थी बिद्यालय भर्ना भएको गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले दावी गर्नुभयो।
स्रोत-उज्यालो

Thursday 3 May 2018

बगनासकाली गाउँपालिकाको पदपूर्ति सम्बन्धमा युवाहरुको गुनासो

बैशाख २०,
युवराज बस्याल

बगनासकाली गाउँपालिका कार्यालय पाल्पाबाट करारका लागि पदपूर्ति सम्बन्धमा राजनीतिक चलखेल भएको बुझिएको छ । प्रकाशित विज्ञापन विभिन्न वडा कार्यालयहरुमा टाँस नगरिकन प्रकाशित विज्ञापनमा तमाम प्रतिस्पर्धीका लागि तयार भएका दक्ष अनि सक्षम व्यक्तिहरुका लागि खुल्ला प्रतिस्पर्धा गराउनु पर्ने अवस्थामा प्रसस्त सामाजिक सञ्जालहरुमा पहुँच पुगेको अवस्थामा पनि सार्वजनिक नगरिकन प्रतिनिधीहरुका आफ्ना व्यक्तिहरुलाई व्यक्तिगत रुपमा जानकारी गराई फर्म भराउने काम भएको बुझिएको छ ।
बगनाकाली गाउँपालिकाका एक युवाको गुनासो
गाउँपालिका भनेको स्थानीय जनताहरुले जिताएर गएको प्रतिनिधीहरुको पालिका हो यसमा प्रतिनिधीहरु ले समेत आफुले जितेर गएको ठाउँमा विज्ञापन टाँस गर्नुपर्ने हो वा होइन ? चुनावको समयमा मलाई जिताउँ म तिमीलाई जागिरको व्यवस्था गरिदिन्छु भन्ने नेताहरुलाई म भन्न चाहन्छु हामीलाई कुनै सोर्स फोर्सका जागिर चाहिँदैन हामी खुल्ला प्रतिस्पर्धात्मक किसिमबाट लड्न चाहन्छौँ । समग्र वडाहरुका प्रतिनिधीहरु बसेर नीति नियम संगत पदपूर्ति समिति बनाई प्रत्येक वार्डहरुमा विज्ञापन टाँस गर्नुपर्ने हो वा होइन तर, टाँस गरिएको पाइएको छैन् । तमाम बेरोजगारीले पिल्सिएका युवाहरुका लागि लक्षित कार्यक्रम अन्तर्गत सार्वजनिक गर्नुपर्ने हो ।  अनि प्रकाशित विज्ञापन सार्वजनिक गरेको धेरै पछि आधिकारिकता दिलाउन निमित्त मिति भने बैशाख १६ गते सम्म अन्तिम मिति भनेर प्रकाशित गरिएको रहेछ तर १४ गतेसम्म फर्म बुझि म्याद सकियो भन्दै  १५ गते र १६ गते आउने सोझा सोझा व्यक्तिहरुलाई भने म्याद सकियो भन्दै फर्काईएको र केही बोल्न र चल्न सक्ने सीमित व्यक्तिहरुका हकमा भने वैशाख १६ गते पनि फर्म भरिएको बुझिएको छ । यसमा सबैको ध्यान जानु पर्ने बुझेको छु ।
जनताले जिताएर गएका प्रतिनिधीहरुलाई पनि भन्न चाहन्छु कि तपाईहरु जनताका आँखामा छारो हाल्ने काम बन्द गर्नुस्, आफ्ना आसेपासेहरुलाई योग्यता र दक्षता विना नै मात्र भर्ती गराउने योजना बनाउनु भएको छ भने त्यो भन्दा अरु दक्ष अनि सक्षम व्यक्तिहरुको भाग नखोसिएओस । तपाईहरुले फेसबुक वालहरुमा पोष्ट घरदैलो गरियो, टिनका जस्ता पाता बाँडियो, दुखिलाई उद्धार गरियो, अनि कृषकका टमाटरका रुख मुनि पुगेर फोटो तस्वीरहरु पोष्ट गरेको देखेका छौ हुन सक्छ तपाईहरु सकारात्मक हुनुहोला तर यस विषयमा समग्र गाउँपालिकाका युवाहरुका लागि खुलेका जागिरका लागि खुलेका विज्ञापनहरु वडा कार्यालय तपाईहरुका फेसबुक वालहरुमा पोष्ट भए सबै बेरोजगार युवाहरुले जानकारी पाउने थिए ।

काम गरिरहेका नेपालीसहित आप्रवासी कामदारलाई स्वदेश फर्किने मौका

काम गरिरहेका नेपालीसहित आप्रवासी कामदारलाई स्वदेश फर्किने मौका पेनाङ मलेसिया सरकारले आफ्नो देशमा गैरकानुनी रुपमा बसेका आप्रवासी क...