Wednesday 16 May 2018

गणेश न्यौपानेको अर्को गीत ‘चना चटपटे’ सार्वजनिक (भिडियो सहित)

गणेश न्यौपानेको अर्को गीत ‘चना चटपटे’ सार्वजनिक (भिडियो सहित)


एडमिन
बगनासकाली न्युज
गायक गणेश न्यौपाने र जमुना रानाको सुमधुर आवाजमा रहेको  कमेडी पञ्चेबाजा गीत भर्खरै सार्वजनिक भएको छ ।

अहिले आएको “चना चटपटे” गीतमा चर्चित गायिका जमुना राना र गणेश न्यौपानेले आबाज दिएका छन् ।

उक्त गीतमा लय,शब्द गणेश न्यौपानेको  रहेको छ । यस भिडियोमा मोडल स्मृति तिमिल्सिना(गुरुआमा) र सरोज लामाको दमदार अभिनय देख्न सकिन्छ   ।

छायाकार सुरेश श्रेष्ठ छायांकन गरेका छन् भने निर्देशन स्मृति तिमिल्सिनाको रहेको  छ ।  प्रकाश धमलाको सम्पादन रहेको उक्त गीतलाई  सफलताको लागी बगनासकाली न्युज परिवारको तर्फ बाट शुभकामना!

Thursday 10 May 2018

सिद्धगुफामा सामुहिक रुद्री पुजा


सिद्धगुफामा सामुहिक रुद्री पुजा
न्युज

बगनासकाली न्युुुुज
राम्दी
प्रचिन सुनगुफा शिद्दबाबा मन्दिर राम्दीमा सामुहिक रूद्री पुजा तथा पाठ गरिएको छ । मन्दिरले आयोजना गरेको पूजामा पण्डित लक्ष्मण प्रसाद पन्थीले बिधिवत् रूपमा पूजा गराए ।
परम्परा देखि नै बार्षिक रूपमा मन्दिरमा रूद्री गर्ने प्रचलन रहेको मन्दिरका ब्यवस्थापक बिण्णु प्रसाद न्यौपानेले बताए । सन १८६५ मा मन्दिरको फेला परिसके पछि बिषेश गरि सुनादिका भट्टराईहरूले दैनिकरूपमा पूजापाठ गर्दै आएको र पछिल्लो समय मूल पूजारी नै राखी दैनिक हुने पूजालाई ब्यवस्थित गरिएको मन्दिर ब्यबस्थापन समितिका उपाध्यक्ष दुर्गा प्रसाद भट्टराईले बताए ।
केहि समय पूर्व मन्दिरमा उत्पत्ति भएको जल हराएर गएको र लामो समय सम्म खडेरी परेर पानी नपरेपछि मन्दिरमा रूद्री पूजा गरि पानी परेको धार्मिक बिश्वासले लामो समय अगाडी देखि नै बार्षिक रूपमा रूद्री पूजा गर्ने प्रचलन रहेको उनले बताए । पूजा गर्न ओढार भित्र जानु पर्ने आउने जाने गोरेटो बाटो समेत नभएको समयको स्मरण गर्दै उनले भने अहिले निकै बिकसित भएको छ ।
मन्दिर सम्म आउन जान सुबिधा छ आवश्यक भौतिक कुराहरूको ब्यबस्था हुदै गएको छ ्र मन्दिरमा दैनिक पूजापाठ हुन्छ भक्तजनहरूको आस्था छ दर्शन गर्न दिनहु भिड लाग्ने गर्दछ । अखण्ड दिप बालिएको छ, अक्षयकोष राखिदिने र आजिवन सदस्य बन्नेहरूको सङ्ख्या बृद्दि भैरहेको छ ्र भक्तजनहरूको आस्थाको केन्द्र मानिएको ऐतिहासिक शिद्दगुफाको थप बिकास गर्न र यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा परिचित गराउन निर्वाचित जनप्रतिनिधिहरूको समेत ध्यान पुग्नु पर्ने देखिन्छ । यहाँ बिशेष गरी हरिबोधनी एकादशी मकर सक्रान्ती बैशाख सक्रान्ती शिबरात्री लगायतका दिनहरूमा भक्तजनहरूको बढी भिड लाग्ने गर्दछ । यस मन्दिरको आफ्नो छुट्टै किसीमको ऐतिहासिक तथा धार्मिक महत्व रहेको छ ।
स्रोत-पाल्पा समाचारपत्र

Monday 7 May 2018

होशियार ! मलेसियामा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा विशेष अनुरोध! जानकारी लागि कृपया सेयर गर्नुहोला।

मलेसियामा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा विशेष अनुरोध!!


कृष्ण बस्याल
पेनाङ,मलेसिया

मलेसियामा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरू ,यहि आउदो 9 तारिक कृपया कोहि पनि बाहिर ननिस्कनु होला रूम मै बस्नु होला । तपाईंसँग पर्मिट (जलान कार्ड) छ भनेपनी बाहिर ननिस्कनु होला, किनभने जे पनि हुनसक्छ । कोहि पनि बाहिर निस्केको खन्ड पुलिसले भेटेमा या यहाँका स्थानीय गुन्डाले भेटे कडा भन्दा कडा सजाय दिइनेछ ! किन कि यहि मे 9 तारिक मलेसियामा चुनाव हुन गइरहेको छ, जस कारण मलेसिया सरकारले यो सुचना दिईएकोले सचेत रहन अनुरोध गर्दछौं। जानकारीका लागि कृपया सेयर गर्नुहोला।

सरकारले कृषिमा लाग्ने युवालाई ७० प्रतिशत अनुदान दिने

सरकारले कृषिमा लाग्ने युवालाई ७० प्रतिशत अनुदान दिने भएको छ।

बैशाख २४,
कृषि क्षेत्रमा युवालाई आकर्षित गर्न सरकारले व्यवसायिक योजना र प्रतिफलका आधारमा ७० प्रतिशतसम्मको अनुदान दिने भएको हो।
कृषि, भूमी व्यवस्था तथा सहाकारी मन्त्री चक्रपाणि खनालले ५८ बुँदे कार्ययोजना प्रस्तुत गर्दै सो घोषणा गरेका हुन्।

मन्त्री खनालले प्रस्तुत गरेको कृषि, पशुपंक्षी, भूमी व्यवस्था र सहकारी क्षेत्र रुपान्तरणको मार्गचित्रमा सामाजिक सुरक्षा र रोजगार वृद्धि गर्न एकल तथा सामुहिक रुपमा कृषि व्यवसाय गर्न इच्छुक युवालाई सो परिमाणको अनुदान उपलब्ध गराउने उल्लेख गरिएको छ।

‘स्वदेशमा रोजगारी सृजना गरी जनशक्तीको विदेश पलायन रोक्न, विदेशबाट ल्याएको सीप र पुँजीसहित फर्केका युवालाई कृषि पेशामा आबद्ध गर्न युवा विशेष कार्यक्रम ल्याइनेछ’, कार्ययोजनाको २५औँ बुँदामा भनिएको छ।

यसका लागि कृषिमा लाग्न चाहने युवाहरुको अभिलेख सूची तयार गरिने मन्त्रालयले जनाएको छ। खनालले घोषणा गरेका कार्ययोजनामा अधिकांश पुराना तथा महत्वकांक्षी कार्यक्रमलाई अघि सारिएको छ।

खनालले कार्यक्रम ल्याइने तर कार्यान्वयन नहुने प्रवृतिको अन्त्यका लागि यसअघिका सरकारले ल्याएका कार्यक्रमलाई जोडतोडका साथ उठाइएको बताए।

‘यसअघिका हरेक सरकारले राम्रा कार्यक्रम ल्याउने तर कार्यान्वयन भने नहुने स्थिति छ’ उनले भने ‘कार्यान्वयन गर्ने हो भने स्वदेशी उत्पादन बढाएर परनिर्भरताको स्थिति कम हुन्छ।’

आगामी १ वर्षभित्र ‘मोही प्रथा’ पूर्णत अन्त्य गरिने, ५० करोड भन्दा बढी बचत परिचालन गर्ने सहकारी संस्थाहरु माथि अनुगमन गरिने तथा भूमीमा महिलाको पहुँच बढाउन राजस्व छुटलाई ४० प्रतिशत पुर्याउने योजना सार्वजनिक गरिएको छ।

यसबाहेक उत्पादन र बजारीकरणका लागि कृषकलाई उत्प्रेरित गर्न मुख्य कृषि उपजहरुको न्युनतम समर्थन मूल्य तोक्ने तथा आगामी तीन वर्षभित्र आलु, प्याज, खुर्सानी लगायत हरियो तरकारीको उत्पादन बढाएर आत्मनिर्भर बनाइने घोषणा गरिएको छ।

सातै प्रदेशमा बफर स्टकका लागि कम्तीमा २५ हजार मेट्रिक टन क्षमताका भण्डारण गृह निर्माण गर्ने तथा प्रदेश १ मा चिया र अलैंची, प्रदेश ५ मा कफी, कर्णाली प्रदेशमा जडिबुटीबाट निर्मित सुगन्धित तेल र प्रदेश ७ मा जैतुनको तेल उत्पादनका लागि पकेट क्षेत्रको सम्भाव्यता अध्ययन गरिने उल्लेख गरिएको छ।

यसबाहेक आगामी ३ वर्षभित्र हरेक प्रदेश तथा स्थानीय तहमा कोल्ड स्टोर, प्राङ्गारिक प्रमाणिकरण प्रयोगशाला, कृषि उपजहरुको प्रशोधन, प्याकेजिङ्ग, क्यानिङ, ग्रेडिङ केन्द्रसहितको एकीकृत कृषि बजार स्थापना गर्ने महत्वकांक्षी योजना बनाइएको छ।

उत्तर र दक्षिण १३ सडक करिडोरमा तरकारी, फलफूल र तुलनात्मक लाभ भएका बाली बस्तुहरुमा सघन मूल्य श्रृङ्खला विकास कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

स्थानीय तहसँग समन्वय गरी शीत, रस्टिक, सेलार, शून्य शक्ति भण्डार गृहहरु निर्माण गरिने तथा कोदो, जौ, उवा, फापर, चिनो, कागुनो, लट्टे जस्ता निकै कम खेती गरिने स्थानीय बालीहरुको प्रवद्धर्न गरिने कार्ययोजनामा समावेश छ।

त्यस्तै कालिमाटी बजार लगायत मुलुकका विभिन्न ठूला बजारहरुमा कम्तीमा २५ प्रतिशत विक्री स्टल उत्पादक सहकारीलाई उपलब्ध गराउने बताइएको छ।

यी बाहेक रेविज रोगका कारण हुने मृत्युलाई २ वर्षभित्र दुई तिहाईले कमी ल्याउने, हाल ७० प्रतिशत आयात भइरहेको कुखुराको दानालाई ५ वर्षभित्र एकतिहाईले कम गर्ने, आगामी दुई वर्षभित्र उत्पादन र स्रोतको आधारमा वर्गीकरण गरी किसान परिचयपत्र तथा न्युन आय भएका किसानलक्षित पेन्सन योजना लागू गरिने जस्ता पुरानै कार्यक्रम दोहोर्याइएको छ।
रासस

Friday 4 May 2018

विद्यालय नगएका चार जना विद्यार्थीलाई हेरालु राखेर भर्ना

बैशाख २१

बगनासकाली गाउँपालिका-१ गोरसतका चार जना विद्यार्थीलाई एक महिनाका लागि एक जना हेरालु राखेर विद्यालय भर्ना गरिएको छ । 

तीन वर्षदेखि विद्यालय जान छोडेकी मनिता कुुमाललाई कक्षा छमा, यमकला कुमाललाई कक्षा दुईमा, प्रिति कुमाललाई कक्षा तीनमा र विशाल कुमाललाई कक्षा एकमा भर्ना गरिएको गाउँपालिकाका शिक्षा अधिकारी मणि खनालले जानकारी दिनुभयो ।  
गाउँपालिका अध्यक्ष कृष्ण बस्याल, उपाध्यक्ष सरस्वती चिदी, जिल्ला शिक्षा अधिकारी मणि खनाल, वडा अध्यक्ष सोमबहादुर झेडी, गाउँपालिकाका सामाजिक विकास समितिका प्रमुख ठानेश्वर तिमिल्सिना, जन प्रिय प्राविका प्रधानाध्यापक छबिलाल पाठकलगायतको टोलीले घरमै पुगेर अभिभावकसँग छलफल गरि कुनसरे निमाविमा भर्ना गरेको हो ।
भर्ना गरिएका विद्यार्थीलाई बिहान १० बजे  बिद्यालय लान र ४ बजे घरमा ल्याउन एक महिनासम्मका लागि स्थानीय सुन्दरी कुमाललाई जिम्मेवारी दिइएको छ । मासिक तलब दिएर सुन्दरीलाई यो कामका लागि राखिएको गाउँपालिका अध्यक्ष बस्यालले जानकारी दिनुभयो ।
गाउँपालिकाभित्र बिद्यालय नगएका उनीहरु मात्र रहेकाले बिद्यालय पठाएपछि गाउँपालिकाभित्रका सबै विद्यार्थी बिद्यालय भर्ना भएको गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले दावी गर्नुभयो।
स्रोत-उज्यालो

Thursday 3 May 2018

बगनासकाली गाउँपालिकाको पदपूर्ति सम्बन्धमा युवाहरुको गुनासो

बैशाख २०,
युवराज बस्याल

बगनासकाली गाउँपालिका कार्यालय पाल्पाबाट करारका लागि पदपूर्ति सम्बन्धमा राजनीतिक चलखेल भएको बुझिएको छ । प्रकाशित विज्ञापन विभिन्न वडा कार्यालयहरुमा टाँस नगरिकन प्रकाशित विज्ञापनमा तमाम प्रतिस्पर्धीका लागि तयार भएका दक्ष अनि सक्षम व्यक्तिहरुका लागि खुल्ला प्रतिस्पर्धा गराउनु पर्ने अवस्थामा प्रसस्त सामाजिक सञ्जालहरुमा पहुँच पुगेको अवस्थामा पनि सार्वजनिक नगरिकन प्रतिनिधीहरुका आफ्ना व्यक्तिहरुलाई व्यक्तिगत रुपमा जानकारी गराई फर्म भराउने काम भएको बुझिएको छ ।
बगनाकाली गाउँपालिकाका एक युवाको गुनासो
गाउँपालिका भनेको स्थानीय जनताहरुले जिताएर गएको प्रतिनिधीहरुको पालिका हो यसमा प्रतिनिधीहरु ले समेत आफुले जितेर गएको ठाउँमा विज्ञापन टाँस गर्नुपर्ने हो वा होइन ? चुनावको समयमा मलाई जिताउँ म तिमीलाई जागिरको व्यवस्था गरिदिन्छु भन्ने नेताहरुलाई म भन्न चाहन्छु हामीलाई कुनै सोर्स फोर्सका जागिर चाहिँदैन हामी खुल्ला प्रतिस्पर्धात्मक किसिमबाट लड्न चाहन्छौँ । समग्र वडाहरुका प्रतिनिधीहरु बसेर नीति नियम संगत पदपूर्ति समिति बनाई प्रत्येक वार्डहरुमा विज्ञापन टाँस गर्नुपर्ने हो वा होइन तर, टाँस गरिएको पाइएको छैन् । तमाम बेरोजगारीले पिल्सिएका युवाहरुका लागि लक्षित कार्यक्रम अन्तर्गत सार्वजनिक गर्नुपर्ने हो ।  अनि प्रकाशित विज्ञापन सार्वजनिक गरेको धेरै पछि आधिकारिकता दिलाउन निमित्त मिति भने बैशाख १६ गते सम्म अन्तिम मिति भनेर प्रकाशित गरिएको रहेछ तर १४ गतेसम्म फर्म बुझि म्याद सकियो भन्दै  १५ गते र १६ गते आउने सोझा सोझा व्यक्तिहरुलाई भने म्याद सकियो भन्दै फर्काईएको र केही बोल्न र चल्न सक्ने सीमित व्यक्तिहरुका हकमा भने वैशाख १६ गते पनि फर्म भरिएको बुझिएको छ । यसमा सबैको ध्यान जानु पर्ने बुझेको छु ।
जनताले जिताएर गएका प्रतिनिधीहरुलाई पनि भन्न चाहन्छु कि तपाईहरु जनताका आँखामा छारो हाल्ने काम बन्द गर्नुस्, आफ्ना आसेपासेहरुलाई योग्यता र दक्षता विना नै मात्र भर्ती गराउने योजना बनाउनु भएको छ भने त्यो भन्दा अरु दक्ष अनि सक्षम व्यक्तिहरुको भाग नखोसिएओस । तपाईहरुले फेसबुक वालहरुमा पोष्ट घरदैलो गरियो, टिनका जस्ता पाता बाँडियो, दुखिलाई उद्धार गरियो, अनि कृषकका टमाटरका रुख मुनि पुगेर फोटो तस्वीरहरु पोष्ट गरेको देखेका छौ हुन सक्छ तपाईहरु सकारात्मक हुनुहोला तर यस विषयमा समग्र गाउँपालिकाका युवाहरुका लागि खुलेका जागिरका लागि खुलेका विज्ञापनहरु वडा कार्यालय तपाईहरुका फेसबुक वालहरुमा पोष्ट भए सबै बेरोजगार युवाहरुले जानकारी पाउने थिए ।

Tuesday 1 May 2018

कृषि > स्याउ खेती गर्ने प्रविधि र खेती गर्ने तरिका परिचय तथा स्याउ खेतीको महत्व

स्याउ खेती गर्ने प्रविधि र खेती गर्ने तरिका
परिचय तथा स्याउ खेतीको
महत्व 🍎 🍎 🍎 🍎

बगनासकाली न्युज,
स्याउ एक महत्वपूर्ण फलफुल हो । स्याउको पौस्टिक महत्व, आर्थीक महत्व, तथा वातावरणिय महत्व रहेको छ ।
मुख्य सिफारिस जातहरु
बढी चिसो आवश्यक पर्ने जातहरु (२०००(३००० मिटर सम्म उचाईमा उपयुक्त) जस्तै रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचा रेड डेलिसियस, ग्रान्नी स्मिथ, म्याकेण्टस, जोनाथन, फुजी आदी । मध्यम चिसो आवस्यक पर्ने जातहरु (१५००(२००० मिटर सम्म उचाईमा उपयुक्त) जस्तै कृस्पिन, रेड जुन, कक्स अरेन्ज पिपिन, किङ अफ पिपिन आदी । कम चिसो आवश्यक पर्ने जातहरु (१२००(१५०० मिटर सम्म उपयुक्त) जस्तै अन्ना भोरिड, ट्रपिकल ब्युटी आदी ।

सुहाँउदो हावापानी🍎 🍎 🍎 🍎🍎 🍎 🍎
तापक्रम र चिस्यानस् १०००(१५०० घन्टा सम्म ७ डिग्री सेल्सियस भन्दा तलको तापक्रम । जहाँ असिना र फुल फुल्ने तुसारो नपर्ने र वार्षिक वर्षास् २००(२५० मिलिमिटर उपयुक्त हुन्छ ।
सुहाउँदो माटो
स्याउ खेतिका लागी मलिलो, पानीको राम्रो निकास भएको र माटोमा हावाको सन्चार राम्रो भएको दोमट वा बलौटे माटो पि एच मान ५.५( ६.५ उपयुक्त हुन्छ ।

स्याउको बिरुवा प्रसारण 🍎 🍎 🍎 🍎
स्याउको बेर्ना उत्पादन गर्नका लागी बेन्च ग्राफ्टिङ, ईन्सितु ग्राफ्टिङ विधी अपनाउने गरिन्छ । स्याउको बेर्ना उत्पादनका लागी अपनाईएको सबैभन्दा प्रचलित र सफल विधी टङ ग्राफ्टिङ हो । तयार भएको विउ विरुवामा टङ ग्राफ्टिङ विधिद्वारा माघ फागुन महिनामा कलमी गर्ने प्रचलन छ ।
स्याउ बगैँचा स्थापना
जग्गाको छनौट
स्याउ खेतिका लागि सकेसम्म दक्षिण मोहडा भएको पारिलो जग्गा उपयुक्त मानिन्छ ।
जग्गाको तयारी र बगैचाको रेखांकन
बगैँचा स्थापना गरिने जमिनमा अनावश्यक बोट बिरुवा, झाडी, बुट्यान आदि भएमा हटाउनु पर्दछ ।
बिरुवा रोप्ने दुरि स् स्याउको बिरुवा सामान्यतया ६ मिटरको दुरिमा रोप्ने गरिन्छ ।

खाडल खन्ने र पुर्ने 🍎 🍎 🍎 🍎🍎 🍎 🍎 🍎
स्याउको बिरुवा रोप्नको लागि बिरुवा रोप्नुभन्दा एक दुई महिना अगाडि अर्थात् अश्विन कार्तिक महिनामा खाडल खन्नु पर्दछ । १ वर्ग मिटरको खाडल खन्नु पर्छ । खाडल खन्ने र पुर्ने कार्य तल चित्रमा देखाए बमोजिम गर्नु पर्दछ ।
बिरुवा रोप्ने समय र तरिका
बगैचामा विरुवा रोप्न पौष महिनाको सुरुदेखी माघ महिनाको अन्त्यसम्मको समय सबैभन्दा उपयुुक्त मानिन्छ । कलमी बिरुवाको उमेर करिब दुई बर्ष र उचाई २(२.५ फिट सम्मको उपयुक्त हुन्छ ।
एकीकृत बगैंचा ब्यबस्थापन
बगैँचा ब्यबस्थापनमा देहायका विषयहरुमा ध्यान पुर्याउन जरुरी छ ।
एकीकृत सिंचाइ ब्यबस्थापन
स्याउको बिरुवामा विशेष गरि पालुवा आउने, फुल फुल्ने तथा फल लाग्ने समयमा बोट बिरुवालाई सिंचाइको आवश्यकता पर्दछ ।
बगैचामा एकीकृत माटो ब्यबस्थापन
स्याउ बगैंचामा माटोको ब्यबस्थापनका लागि विभिन्न तरिकाहरु, जस्तै घाँस रहित बगैंचा, घाँससहित बगैंचा, हरियो मल, अन्तरवाली, मल्चिङ आदि प्रयोग गर्ने गरिन्छ ।

एकीकृत मलखाद ब्यब्स्थापन🍎 🍎 🍎 🍎🍎 🍎 🍎 🍎
बोटको उमेर १(४ बर्ष हुदा ( गोबर वा कम्पोस्ट मल १०(४० केजिर बोट ), (नाइट्रोजन १००(२०० ग्रामरबोट ), (फस्फोरस ५०(१०० ग्रामरबोट ) र (पोटास २०(४० ग्रामरबोट )
– बोटको उमेर ५(९ बर्ष हुदा ( गोबर वा कम्पोस्ट मल ४०(९० केजिर बोट ), (नाइट्रोजन २००(४०० ग्रामरबोट ), (फस्फोरस १००(२०० ग्रामरबोट ) र (पोटास ४०÷८० ग्राम प्रति बोट )
– बोटको उमेर १० र सो भन्दा बढि बर्ष हुदा ( गोबर वा कम्पोस्ट मल १०० केजिर बोट ), (नाइट्रोजन ४०० ग्रामरबोट ), (फस्फोरस २०० ग्राम÷बोट ) र (पोटास ८० ग्रामरबोट )
बोटको तालिम तथा काँटछाँट
स्याउको बोटलाई केन्द्रीय नेता प्रणाली, सुधारिएको केन्द्रीय नेता प्रणाली र खुल्ला केन्द्र प्रणाली मार्फत् तालिम दिन सकिन्छ तर ब्यबहारिक रुपमा नेपालमा हाल दुई प्रकारले तालिम गर्ने गर्वको पाईन्छ ।
फल छाँट्ने स् स्याउ बोटमा फुलबाट चिचिला लागेको ७(१० दिन पछाडि एन.ए.ए. १० देखि १५ पि.पि.एम. छरेमा फल छाँट्ने काममा प्रभावकारी भएको पाईएको छ ।

एकिकृत रोग तथा किराको ब्यबस्थापन🍎 🍎 🍎 🍎🍎 🍎 🍎 🍎
मुख्य किराहरु र तीनको ब्यबस्थापन
सेतो भुवादार लाही किरा ब्यबस्थापन स्
– बेर्ना उत्पादना गर्दा ः
जातका किरा अवरोधक रुटस्टक हरु प्रयोग गर्नुपर्दछ ।
– यस किराको प्राकृतिक शत्रु ब्उजष्लगक mबष् िनामक पर जिवी छाडी दिँदा लाही किरालाई खाई दिन्छ ।
– रोगर वा मालाथियन जस्ता विषादी १ देखी १.५ मिली प्रती लिटर पानीमा मिसाइ सबै ठाँउमा पर्ने गरी फल्गुण( चैत्र महिना तिर १५(१५ दिनको फरकमा २(३ पटक छर्कदा यस किराको नियन्त्रण हुन्छ ।
स्याउमा लाग्ने कत्ले किरा
रोकथाम रब्यबस्थापन
– किरा लागेका र सुकेका हाँगाहरु हटाउनु पर्दछ र किराको प्रकोप भएका ठाउँका बिरुवाहरु अन्यत्र नयाँ ठाउँमा नलैजाने ।
– यश किराको ब्यब्स्थापन गर्न बिरुवामा छर्ने खनिज तेल जस्तै ब्त्क्इ ःबअजष्लभ इष्,ि ःष्लभचब िइष्कि वा क्भचखय इष् ि१५ देखि २० मि.लि. प्रती लिटर पानीमा वा किनावर गोल्ड खनिज तेल २० देखि ३० मि.लि. प्रती लिटर पानीमा मिसाएर बोटको सबै भागमा भिज्ने गरेर पौष(माघ महिना तिर १५(१५ दिनको फरकमा २ पटक छर्नु पर्दछ ।
मुख्य रोगहरु र ब्यब्स्थापन
क. सेतो धुले ढुसी रोग स्

ब्यब्स्थापन🍎 🍎 🍎 🍎🍎 🍎 🍎 🍎
– हिउँदमा काटछाँट गरेका हाँगा र झरेका पातहरु संकलन गरि डढाउनु पर्दछ र नर्स्रिका बिरुवामा पालुवा आउने समयमा रोगको लक्षण देखा पर्ने भएकोले २ ग्राम केरेथेन प्रतिलिटर पानीमा मिसाएर १० दिनको फरकमा छर्ने गर्नु पर्दछ ।
– फुलफुलेपछी रोगको लक्षण देखापरेमा तत्कालै लाइम सल्फर २(३ ग्राम प्रतिलिटर पानीमा मिसाएर छर्कनु पर्दछ ।
ख. बोका खुईलिने रोग स्
ब्यब्स्थापन
– रोगले बढी असर पारेका हाँगाहरु काटेर हटाई जलाउनु पर्दछ र रोग लागेको ठाउँमा चक्कुले हल्का सँग खुर्केर बोर्डोपेष्ट लगाउनु पर्दछ ।
– बगैंचामा काटछाँट गरेपछी १ प्रतिशत बोर्डो्मिश्रण छर्नुपर्दछ ।
उत्पादनस् राम्रो व्यवस्थापन गरेमा एक बोटबाट ३० देखि ९० के.जि. सम्म फल उत्पादन लिन सकिन्छ ।

पोष्ट(हार्भेष्ट ब्यब्स्थापन स् बजारमुखी उत्पादनका लागि पोष्ट(हार्भेष्ट ब्यब्स्थापन बढी महत्वपुर्ण हुन्छ । पोष्ट(हार्भेष्ट क्षतिका विभिन्न कारक तत्वहरुलाई मध्यनजर गरेर स्याउ टिपेदेखी बजार पुर्याउन्जेलका क्रियाकलापहरु जस्तै फल टिप्ने, चिसो पार्ने, सफा गर्ने, छाँट्ने, ग्रेडिङ गर्ने, प्याकिङ गर्ने , ओसारपसार गर्ने , ढुवानी गर्ने र भणडारण गर्ने कार्यहरू सावधानिक पुर्वक गर्नु पर्दछ ।
ग्रेडिङ स् फलफुललाई साईज, आकार, रङ्ग र तौलका आधारमा छुट्याएर राख्नु वा वर्गिकरण गर्नुलाई नै ग्रेडिङ भन्निछ । फलफूल बिकास निर्देशनालय, किर्तिपुर, काठमान्डौले स्याउको लागि गरेको साईज वर्गीकरण मापदन्ड निम्नानुसार उल्लेख गरिएको छ स्(
ग्रेड फलको नाप ब्यास (मि.मि.)
‘ए’ ग्रेड ७५ वा सो भन्दा बढी
‘बि’ ग्रेड ६५(७४
‘सि’ ग्रेड ६०(६४
‘डि’ ग्रेड ५९ भन्दा सानो🍎 🍎 🍎 🍎
🍎 🍎 🍎 🍎
लागत लाभ विश्लेषण स् फल्ने अबस्थाका स्याउका बोटहरुको पाँच देखि दस बर्ष सम्मको साधारणतया प्रती रोपनी खर्च, उत्पादन र आम्दानीको गणना गरे अनुसार पाँछ देखि दस बर्षसम्म प्रती रोपनी १५ बोट लगाईएका स्याउ बगैचाबाट खुद नाफा क्रमशस् रु.५३५६, रु. ९६६७, रु. १७००४, रु. २७९७८, रु. ३९८७४ र रु. ५४७०२ हुन सक्ने देखिन्छ ।
स्याउ बगैंचा ब्यबस्थापनको मासिक कार्य विवरण
श्रावण स्
– स्याउमा लाग्ने गुलावी रोगको ब्यबस्थापन गर्न १५ को बोर्डो मिश्रण तयार गरि स्प्रे गर्ने र बोटको फेदमा बोर्डो पेष्टरचौबटिया पेन्ट दल्ने र बोक्रा खुईलिने रोग बोट रहाँगामा देखियो भने तुरुन्त बोर्डो पेष्ट वा चौबटिया पेन्ट बनाई रोग लागेको भागमा लगाउने ।
– धुले ढुसीरखराने रोग देखा परेमा केराथेन १(२ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्ने ।
भाद्र स्
🍎 🍎 🍎 🍎
– बगैचा सरसफाइ गर्ने, स्याउको  रोगको रोकथामको लागि बोटको फेदमा बोर्डो पेन्ट र चौबटिया पेन्ट दल्ने ।
– स्याउमा लाग्ने पाउडरी मिल्ड्यु रोग रोकथाम गर्न १५ को बोर्डो मिश्रण वा ब्लाईटक्स – ५० बिषादी २(३ ग्राम प्रती लिटर पानीमा मिसाएर स्प्रे गर्ने ।
आश्विन स्
– स्याउको फेद कुहिने रोगबाट ग्रसित भागलाई सफा चक्कुले हटाई बोर्डो पेष्ट लगाउने तथा जरा कुहिने रोगको लागि १५ को बोर्डो मिश्रण तयार गरि फेद नजिक माटो भित्र पस्ने गरि खन्याउने ।
– रोग ग्रस्थ स्याउको हाँगा, पात, बोक्रा आदी बटुलेर जलाई दिने ।
कार्तिक स्
– बगैचा सरसफाई गर्ने र हल्का खानजोत गर्ने ।
– बोट बिरुवालाई मल्चिङ गर्ने र नयाँ बगैंचा स्थापनाको लागी रेखाङ्कन गर्ने, खाडल खन्ने ।
मंसिरस्

– झरेका पातहरुलाई बटुली जलाईदिने वा मल बनाउन खाडल मा हाल्ने ।
– माटोमा चिस्यानको कमी भएमा सिंचाई गर्ने र कम्पोष्ट तथा रासायानिक मलको ब्यब्स्था मिलाउने ।
– नयाँ बगैंचा स्थापनको लागी रेखाङ्कन गर्ने, खाडल खन्ने र पुर्ने ।
पौष स्
– नयाँ बगैंचा स्थापनाको लागी खाडल पुर्ने र बिरुवा रोप्न शुरु गर्ने ।
– पुरानो बिरुवा मरेको ठाउँमा नयाँ बिरुवा लगाउने र बोट बिरुवको काटछाँट शुरु गर्ने ।
– काटछाँट गर्ने समयमै बोर्डो पेष्ट बनाएर काटेको भागमा र फेदमा लगाउने र बोट बिरुवा गोडमेल गरी कम्पोष्ट मलका साथै सिफारिस गरिएका रासायानिक मलको २र३ भाग प्र योग गरी हल्का सिंचाई गर्ने ।
माघ स्
– पौष महिनामा गर्नु पर्ने अन्य कृयाकलापहरु नगरेको भए यस महिनामा पुरा गर्ने ।
– स्याउको कत्ले किरा नियन्त्रण गर्न क्भचखय इष् िवा ब्त्क्इ इष् ि२० एम एल र मेटासिस्टक्स १ एम एल प्रती लिटर पानीमा मिसाएर स्प्रे गर्ने ।
फाल्गुण स्

– बगैंचामा सिंचाईको प्रबन्ध मिलाउने र सिंचाई गर्ने ।
चैत्र स्
– बोट बिरुवामा आएका सकरहरु, चोर हाँगाहरु तथा सुकेका हाँगाहरु हटाउने ।
– बगैंचामा सिंचाईको ब्यब्स्था मिलाउने र सिन्चाईको ब्यब्स्था हुन नसक्ने ठाउँमा मल्चिङ गर्ने ।
– नयाँ पालुवा आउन साथ पाल बनाउने किरा रोकथाम गर्ने थायोडान झोल विषादी १ एम.एल. प्रतिलिटर पानीमा मिसाएर स्प्रे गर्ने ।
बैशाख स्
– सकरहरु, चोर हाँगाहरु तथा सुकेका हाँगाहरु हटाउने ।
– बगैंचा सरसफाई गर्ने र स्याउको पहिलो बर्षको बिरुवालाई तालिम दिने ।
जेष्ठ स्
– रातो सुलसुले किरा नियन्त्रण गर्न मालाथियन १(२ एम.एल. प्रती लिटर पानी हाली छर्ने ।
– बोर्डो मिश्रणको घोल बनाएर प्रत्यक स्याउको बोटको फेदमा प्रती बोटको साईज हेरेर ५ देखी १५ लिटर मिश्रणले भिज्ने गरी हाल्ने ।
अषाढ स्
– बगैंचा सरसफाई गर्ने र कम्पोष्ट मलको लागी खाडल खन्ने ।
– स्याउमा गुलाबी रोग रोकथाम गर्न १०५ को बोर्डो पेष्टरबोर्डो पेन्टरचौबटिया पेन्ट मध्य एक प्रयोग गर्ने ।

काम गरिरहेका नेपालीसहित आप्रवासी कामदारलाई स्वदेश फर्किने मौका

काम गरिरहेका नेपालीसहित आप्रवासी कामदारलाई स्वदेश फर्किने मौका पेनाङ मलेसिया सरकारले आफ्नो देशमा गैरकानुनी रुपमा बसेका आप्रवासी क...